२०८२ पौष ९ गते बुधवार
काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर सबै मुद्दा एकैसाथ राखेर सुनुवाइ हुने भएको छ ।
प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै कांग्रेसका ५७ र अन्य दलका ३ गरी ६० निवर्तमान सांसदले दायर गरेको पूरक रिट निवेदनलाई यसअघि कांग्रेसका ८ निवर्तमान सांसदले दायर गरेको रिटसँगै राखेर सुनुवाइ गर्न बुधबार सर्वोच्च अदालतले आदेश दिएको हो ।
संवैधानिक इजलासले पछिल्लो निवेदकलाई पनि सामेल गराउने आदेश दिएसँगै यसअघि दर्ता भएका कांग्रेसका ८ निवर्तमान सांसद, एमालेका निवर्तमान सांसद र अन्य डेढ दर्जन रिटमाथि अब एकसाथ राखी सुनुवाइ हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij