२०८२ पौष ९ गते बुधवार
काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले सुशीला कार्कीको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै १० दिने ‘अल्टिमेटम’ दिएको छ ।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै नेकपा माओवादीले कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गर्न माग गरेको हो ।
ज्ञापनपत्रमा जेनजी विद्रोहको भावना अनुरूप विशेष परिस्थितिमा अवलम्बन गरिने आवश्यकताको सिद्धान्तलाई प्रयोग गरी संविधान संशोधन गर्न माग गरिएको छ ।
१० दिनभित्र माग सम्बोधन नगरिए सडक सङ्घर्षमा अगाडि बढ्ने समेत चेतावनी दिइएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij