Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

शेयर बजारमा सामान्य बढ्यो, कारोबार रकम ३ अर्ब २२ करोडमा सीमित

शेयर बजारमा सामान्य बढ्यो, कारोबार रकम ३ अर्ब २२ करोडमा सीमित


  • 1.4K
    Shares

    शेयर बजारमा सामान्य बढ्यो, कारोबार रकम ३ अर्ब २२ करोडमा सीमित

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १.३७ अंकले बढेर २,५८५ को विन्दुमा कायम भएको छ । 

    आज १११ कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २२ करोडको शेयर कारोबार भएको छ । 

    १३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।

    कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आजको दिन १४ करोड ४९ लाख रुपैयाँबराबरको शेयर किनबेच गरेको छ।

    मञ्जुश्री फाइनान्सको १२ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । तेह्रथुम पावरको ९ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    9.JPG

    images
    प्रकाशित मिति :पौष ९ २०८२ बुधवार - १५:४०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij