Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

भारत भ्रमणमा रहेका भट्टराईले देखाए जेनजी आन्दोलन हुनुका तीन कारण

भारत भ्रमणमा रहेका भट्टराईले देखाए जेनजी आन्दोलन हुनुका तीन कारण


  • 946
    Shares

    भारत भ्रमणमा रहेका भट्टराईले देखाए जेनजी आन्दोलन हुनुका तीन कारण

    काठमाडौं । डा.बाबुराम भट्टराईले नेपालमा जेनजी आन्दोलन हुनुका तीन कारण रहेको बताएका छन् । भारत भ्रमणका क्रममा भट्टराईले एक भारतीय टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिँदै जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा राखेका हुन् ।

    एनडीटीभीलाई दिएको अन्तर्वार्तामा भट्टराईले जेनजी विद्रोह स्वाभाविक र जायज भएको बताएका छन् । उनले जेनजी आन्दोलन हुनुको पछाडि सामाजिक र आर्थिक कारणसमेत रहेको प्रस्ट पारेका छन् ।

    जेनजी आन्दोलन हुनुको पहिलो कारण प्रस्ट्याउँदै उनले नेपालमा युवाहरू बेरोजगार रहेको, गुणस्तरीय शिक्षा नभएकाले युवा वर्ग असन्तुष्ट रहँदै आएको स्मरण गराएका छन् ।

    सरकारी तहमा हुने गरेको भ्रष्टाचारलाई उनले जेनजी आन्दोलन हुनुको दोस्रो प्रमुख कारणका रूपमा चित्रण गरेका छन् ।

    यसैगरी सामाजिक सञ्जालमाथि तत्कालीन सरकारले लगाएको प्रतिबन्धका कारण पनि ठुलो पंक्ति असन्तुष्ट भएर सडकमा निस्किएको भट्टराईको ठहर रहेको छ ।

    भट्टराईले पुराना दलहरूबाट अब नेपालमा राजनीतिक सुधार सम्भव नभएको प्रस्ट पार्दै वैकल्पिक शक्तिका रूपमा नयाँ दलहरू गठन भइरहेको बताएका छन् । 

    प्रकाशित मिति :पौष ९ २०८२ बुधवार - १२:२१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij