Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

किशोरीको चरित्र हत्या गरेको आरोपमा २७ वर्षका युवक पक्राउ

किशोरीको चरित्र हत्या गरेको आरोपमा २७ वर्षका युवक पक्राउ


  • 813
    Shares

    किशोरीको चरित्र हत्या गरेको आरोपमा २७ वर्षका युवक पक्राउ

    काठमाडौं । नाबालिकको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। 

    पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-१२ जुगेडा डि गाउँ बस्ने २७ वर्षीय सन्दिप चन्द रहेका प्रहरीले जनाएको छ। 

    उनले सामाजिक सञ्जालको फेक एकाउन्ट मार्फत ती किशोरीसँग साथी बनेपछि विभिन्न प्रलोभन, दबाब र प्रभावमा पारी नग्न तस्विर तथा भिडियो मागेका प्रहरी अनुसन्धानबाट खुलेको छ। 

    उनले ती किशोरीलाई थप अश्लिल गतिविधि नियमित रूपमा गर्न लगाउँदा किशोरीले नमाने पश्चात उक्त तस्विर तथा भिडियो पीडितको साथी तथा आफन्तजनका सामाजिक सञ्जालमा पठाएका थिए। 

    किशोरीको चरित्र हत्या गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई कैलालीबाटै पक्राउ गरेको हो।

    उनलाई विद्युतीय कारोबार ऐन-२०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद लिएर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :पौष ७ २०८२ सोमवार - १४:०८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij