२०८२ पौष ७ गते सोमवार
काठमाडौं । निर्वाचन आयोगले आज प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्दैछ।
निर्वाचन तयारीको विषयमा आयोगले प्रधानमन्त्री सुशीला कार्कीससहित राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयुक्त र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्न लागेको हो। दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छलफल हुने तय भएको छ।
‘प्रधानमन्त्रीसहितको उपस्थितिमा निर्वाचन आयुक्त, राजनीतिक दल र निर्वाचनसँग सरोकार राख्ने नागरिक समाजका प्रतिनिधिहरुसँग छलफल गर्न लागिएको हो,’ स्रोतले भन्यो, ‘निर्वाचनको पछिल्लो तयारी, उपलब्धीबारे बैठकमा छलफल हुनेछ।’
निर्वाचन तयारीको विषयमा काम गरिरहेको आयोगले दलहरुको धारणा बुझ्ने र सुझाव लिने उद्देश्यले छलफल गर्न लागेको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij