Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

आज ‘विश्व ध्यान दिवस’ टुँडिखेलमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै

आज ‘विश्व ध्यान दिवस’ टुँडिखेलमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै


  • 1.3K
    Shares

    आज  ‘विश्व ध्यान दिवस’ टुँडिखेलमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै

    काठमाडौं । संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व ध्यान दिवस’ मनाइएको छ। संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि ध्यान दिवस मनाइदै आएको छ । संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ ।

    dhan3.JPG

    गत वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो । सोही वर्ष पहिलोपटक टुँडिखेलमा सरकारकै आयोजनामा दिवस मनाइएको थियो । यस वर्ष पनि शिक्षा, विज्ञान प्रविधि मन्त्रालयको आयोजनामा यो दिवस मनाइएको हो ।

    नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’ का रूपमा विकास गर्नुपर्ने यस क्षेत्रमा लागेकाहरूको भनाइ छ । एघार वर्षको निरन्तर प्रयासपछि राष्ट्रसंघले ध्यान दिवसलाई मान्यता दिएको हो ।

    सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो । गत वर्ष डिसेम्बर ७ मा राष्ट्रसंघको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो । 

    dhan1.JPG

    dhan8.JPG

    images
    प्रकाशित मिति :पौष ६ २०८२ आइतवार - १०:४५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij