Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

दाईले गरे आफ्नै ३० वर्षीय भाइको खुकुरी प्रहार गरि हत्या

दाईले गरे आफ्नै ३० वर्षीय भाइको खुकुरी प्रहार गरि हत्या


  • 1.2K
    Shares

    दाईले गरे आफ्नै ३० वर्षीय भाइको खुकुरी प्रहार गरि हत्या

    काठमाडौं । उदयपुरको त्रियुगाका एक व्यक्तिले भाइको हत्या गरेका छन्। दाजुले खुकुरी प्रहार गर्दा भाइको मृत्यु भएको प्रहरीले जनाउको छ। 

    शनिबार त्रियुगा नगरपालिका–१ जोगीदहका ४३ वर्षीय युवराज राईले ३० वर्षीय भाइ धर्मराजको हत्या गरेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

    जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङका अनुसार खुकुरी प्रहारबाट गम्भीर घाइते भएका भर्मराजलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

    दाजुले आमालाई कुटपिट गरेको विषयलाई लिएर दाजु–भाइबीच भएको विवादका क्रममा भाइमाथि खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन्। 

    घटनापछि आरोपी घटनास्थलबाट फरार भएका प्रहरीले जनाएको छ। उनको खोजीकार्य भइरहेको दोङले जानकारी दिए।

     

    प्रकाशित मिति :पौष ६ २०८२ आइतवार - १०:२४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij