Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

नोबेल मेडिकल कलेजको पाँचौ तलाबाट खसेका इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु

नोबेल मेडिकल कलेजको पाँचौ तलाबाट खसेका इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु


  • 1.6K
    Shares

    नोबेल मेडिकल कलेजको पाँचौ तलाबाट खसेका इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु

    काठमाडौं । नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ ।प्रहरीका अनुसार आज बिहान ६:३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो ।

    सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका उनी पाँचौ तलामाथिबाट तल भुइँमा खसेका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । 

    उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिएका छन् ।यादव सोही मेडिकल कलेजको एमबीबीएस इन्टर्न डाक्टर हुन् ।

     

     

    images
    प्रकाशित मिति :पौष ६ २०८२ आइतवार - १०:००:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij