२०८२ पौष ४ गते शुक्रवार
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीलाई खानेपानी मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री भण्डारीलाई खानेपानी मन्त्रालय सम्हाल्ने गरी जिम्मेवारी दिएका हुन् ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीले सम्हाल्दै आएको खानेपानी मन्त्रालयको कार्यभार श्रम मन्त्री भण्डारीले सम्हाल्ने गरी तोकेका हुन् । 
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij