Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो

एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो


  • 869
    Shares

    एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
    images

    नेकपा (एमाले) को केन्द्रिय कमिटी बैठक यही पुस २६, २७ र २८ गते बस्ने भएको छ । 


    शुक्रवार बसेको पार्टीको नवनिर्वाचित केन्द्रिय कमिटी बैठकले पुसको अन्तिम साता दोस्रो केन्दिय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । त्यसैगरी बैठकले केन्द्रिय सल्लाहकार परिषद् पनि गठन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । बैठकले पार्टीको संशोधित विधान एक हप्ताभित्र प्रकाशन गरी पार्टीको सबै कमिटीमा पठाउने निर्णय पनि गरेको छ । ११ औँ राष्ट्रिय महाधिवेशनले संशोधन गरेर विधान एक हप्ता भित्र प्रकाशन गरी पार्टीको सबै कमिटीहरुमा पठाउने प्रश्ताव पनि बैठकले पारित गरेको उपमहासचिव भट्टले बताउनु भयो । बैठकले नेताहरुको कार्यविभाजन गर्ने जिम्मेवारी केन्द्रिय सचिवालयलाई समेत दिएको छ । 


    उपमहासचिव भट्टले भन्नुभयो,‘विधान संशोधन, जो भयो । त्यसको सम्पादन र प्रकाशन एक हप्ताभित्रै त्यसलाई प्रकाशन गरेर सम्बन्धित सबै पार्टी कमिटीहरुमा पु¥याउने भन्ने छ । अर्को कार्य विभाजनको निमित्त सचिवालयले अख्तियारी लिएको छ । र केन्द्रिय सल्लाहकार परिषद गठन गरेको छ । केन्द्रिय कमिटी बैठक यही पौष २७, २७ र २८ गते आयोजना गरेको छ ।’


    एमालेले पार्टीको एघाराँै महाधिवेशन भव्यताका साथ सम्पन्न गरेको निष्कर्ष निकाल्दै त्यस काममा सहभागी सबैलाई धन्यवाद समेत व्यक्त गरेको छ ।

    प्रकाशित मिति :पौष ४ २०८२ शुक्रवार - १७:०३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij