Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

रास्वपाले समानुपातिक आकांक्षीद्वारा ८१ लाख २५ हजार संकलन

रास्वपाले समानुपातिक आकांक्षीद्वारा ८१ लाख २५ हजार संकलन


  • 512
    Shares

    रास्वपाले समानुपातिक आकांक्षीद्वारा ८१ लाख २५ हजार  संकलन
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उमेदवारका आकांक्षीबाट ८१ लाख २५ हजार रुपैयाँ संकलन गरेको छ ।

    पार्टीका तर्फबाट समानुपातिक उमेदवार बन्न चाहनेसँग रास्वपाले आवेदन आह्वान गरेको थियो । आवेदन दिन प्रतिव्यक्ति २५ हजार रुपैयाँ शुल्क तोकिएको थियो ।

    रास्वपाका प्रवक्ता मनिष झाले मंसिर मसान्तसम्म ३२५ जनाले आवेदन दिएका विवरण बिहीबार पुस ३ गते सार्वजनिक गरेका छन् । रास्वपामा हालसम्म ३२५ आवेदनबाट २५ हजारका दरले शुल्क उठाउँदा ८१ लाख २५ हजार रुपैयाँ संकलन हुने हुन्छ ।

    बुधबार र बिहीबार बसेको रास्वपाको बैठकबाट आवेदन लिनेक्रम क्रम जारी राख्ने निर्णय गरिएको छ । 

    रास्वपाले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति समानुपातिकतर्फ शुल्क तिरेर आवेदन दिएकाले प्रत्यक्षतिर निवेदन दिन चाहेमा पुस ५ गतेभित्र जानकरी गराउन भनेको छ । 

    प्रकाशित मिति :पौष ४ २०८२ शुक्रवार - १३:२२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij