२०८२ पौष ४ गते शुक्रवार
काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई अदालतद्वारा सशर्त धरौटीमा रिहा गर्ने गरी मुद्दा अघि बढाउन गरिएको निर्णय विधिको शासन र राजनीतिक उपयुक्तता दुवै हिसाबले स्वागतयोग्य रहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– यसले वहाँलाई विधिसम्मत तरिकाले आफ्नो निष्ठा प्रमाणित गर्ने, जनताबिच गएर जनअनुमोदन प्राप्त गर्ने र सहकारी पीडितहरूले पनि आफ्नो गहिरो पीडाको सम्बोधन कानुनी रूपबाटै प्राप्त गर्ने मार्ग प्रशस्त गरेको छ।
यस प्रकरणमा उडन्ते अनुमानबाजी र षड्यन्त्रको सिद्धान्तको पछि नलाग्न पनि उनले आग्रह गरेका छन् । उनले भने– बहुदलीय लोकतन्त्र भनेको दलहरू र व्यक्तिहरू बिच स्वस्थ प्रतिस्पर्धा र आवश्यक सहकार्यको फ्युजन हो भन्ने नभुलौँ। प्रतिस्पर्धा गर्दा दुस्मन जस्तो गर्ने र सहकार्य गर्दा आफ्ना फरक फरक वैचारिक(राजनीतिक आस्था र प्रतिबद्धता बिर्सने गल्ती नगरौँ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij