Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

के नेपालमा फेसबुक मोनिटाइजेसन बन्द भएको हो ? यस्तो छ वास्तविकता

के नेपालमा फेसबुक मोनिटाइजेसन बन्द भएको हो ? यस्तो छ वास्तविकता


  • 253
    Shares

    के नेपालमा फेसबुक मोनिटाइजेसन बन्द भएको हो ? यस्तो छ वास्तविकता
    images

    काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकले नेपालमा कन्टेन्ट मोनिटाइजेसन बन्द गरेको खबर चर्चामा छ । फेसबुक पेज तथा क्रियटरहरूको ड्यासबोर्डमा 'Your ability to earn is limited' र 'Local legal requirement or government request' जस्ता सूचना देखिन थालेपछि यस्तो खबर फैलिएको हो ।

    केही सञ्चारमाध्यमहरुमा समेत 'मोनिटाइजेसन बन्दभन्ने समाचारहरू प्रकाशित भएपछि प्रयोगकर्ताहरूमाझ मोनिटाइजेसन बन्द भएको खबर फैलिएको हो । तर वास्तविकता भने फरकछ । फेसबुकको माउ कम्पनी मेटाका अमेरिकास्थित प्रतिनिधिका अनुसार फेसबुकले तोकेकानियम परिवर्तन भएको कारणले मोनिटाइजेसनमा समस्या देखिएको हो ।

    के हो समस्या ?

    फेसबुकले नेपालमा मोनिटाइजेसन सुविधा सुरुगर्दा तुलनात्मक रूपमा सहज मापदण्ड तोकेको थियो । पहिलो अपडेटका क्रममा क्रिएटरले२८ दिनभित्र ५ लाख इन्गेजमेन्ट पुर्‍याउनुपर्ने र २ हजारभन्दा बढी फलोअर भएपछिमोनिटाइज गर्न पाउने प्रावधान थियो । यो मापदण्ड सहज भएकाले नेपालमा धेरैक्रिएटरहरू मोनिटाइजेसनका लागि योग्य भएका थिए ।

    तरकरिब पाँचदिनअघि मेटाले आफ्नो नियम अपडेट गर्‍यो । नयाँ नियमअनुसारमोनिटाइजहुनका लागि क्रिएटरहरूले ९० दिनभित्र कम्तीमा तीनवटा रिल अपलोड गर्नुपर्ने,प्रयोगकर्ताको १० हजार फलोअर्स हुनुपर्ने र २८ दिनभित्र १ लाख ५०हजार भ्युज हुनुपर्ने मापदण्ड तोकेको छ ।

    नेपालमा मोनिटाइजेसन सुविधा खोल्दा 'स्टार्स', ‘बोनस र एड्स’ जस्ता फिचरहरू उपलब्ध गराइएका थिए । यद्यपि,नेपाली प्रयोगकर्ताले स्टार्स पठाउने प्रचलन नभएकाले धेरैजसोआम्दानी 'कन्टेन्ट मोनिटाइजेसनबाटमात्र हुने गरेको थियो । हालै भएको अपडेटपछि फेसबुकले लाइभ एड्स (लाइभ स्ट्रिमगर्दा आउने विज्ञापनहरू) हटाइएका छन् । त्यसैगरीरिलमा आउनेविज्ञापनहरू (रिलको तल वा अन्त्यमा आउने विज्ञापनहरू) पनि हटाइएको हो ।
    जुन-जुन पेजहरू पहिले नै मोनिटाइज भइसकेका थिएर इनेबल थिएउनीहरूले फेसबुकबाट 'कन्टेन्ट मोनिटाइजेसन इज लिमिटेडभन्ने सन्देशप्राप्त गरेका थिए । यो सन्देश आउनुको मुख्य कारण आम्दानीका स्रोतहरूमा कटौती हुनुहो । उदाहरणका लागियदि क्रिएटरले पहिले १० वटा माध्यमबाटआम्दानी गर्न पाउँथे भनेअहिले त्यो सङ्ख्या दुईवटामा सीमितहुन पुगेको हो ।
     
    यसर्थमोनिटाइजेसनपूर्ण रूपमा बन्द नभई आम्दानी गर्ने माध्यमहरूमा सङ्कुचन आएकाले यसलाई 'सीमितभनिएको हो । यद्यपिफेसबुकलेहटाएको भनिएका केही फिचरबाट समेत अहिले पनि कमाइ भइरहेको हुनसक्ने भएकाले फेसबुककोआधिकारिक भनाइ र क्रिएटरहरूको वास्तविक कमाइको अवस्था ठ्याक्कै मेल खाँदैन ।

    प्रकाशित मिति :पौष ४ २०८२ शुक्रवार - ०७:१८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij