२०८२ चैत्र १ गते आइतवार
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज जेलबाट नछुट्ने भएका छन्।
नख्खु कारागार स्रोतका अनुसार आज छुट पूर्जी नबनेकाले लामिछाने भोलि मात्र छुट्नेछन्। उनी ललितपुरको नक्खु कारागारमा भए पनि मुद्दा भने उच्च अदालत तुलसीपुरको बुटवल इजालसमा सुनुवाइ भएर आदेश आएको हो।
‘रिहाइ प्रक्रियामा छुट पूर्जी चाहिने र अब राति भइसकेकाले अदालतबाट भोलि मात्र पूर्जी बन्ने हुँदा उहाँ भोलि छुट पूर्जी लिन भैरहवा जानु होला’, स्रोतले भन्यो, ‘त्यसपछि प्रक्रिया पूरा गरी भोलि छुट्नुहुन्छ।’
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई धरौटी रकम बुझाएर रिहा गर्न आदेश दिएको छ। न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेको निवेदनअनुसार बिगो बमोजिमको धरौटी रकम बुझाएर छाड्न आदेश दिएको हो।
जेल बाहिर निस्किन लामिछानेले रूपन्देही जिल्ला अदालतमा निवेदन र धरौटी बापतको २ करोड ७४ लाख ८४ रूपैयाँको बैंक ग्यारेन्टी राख्नु पर्ने हुन्छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij