Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

गोरखाका २० वर्षीय गुरूङको गोंगबुमा हतियार प्रहार गरी हत्या

गोरखाका २० वर्षीय गुरूङको गोंगबुमा हतियार प्रहार गरी हत्या


  • 1.6K
    Shares

    गोरखाका २० वर्षीय गुरूङको गोंगबुमा हतियार प्रहार गरी हत्या

    काठमाडौं । काठमाडौंको गोंगबुमा एक युवकमाथि हतियार प्रहार गरी हत्या भएको छ।

    गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ आरूबोट घर भई गोंगबु बस्दै आएका २० वर्षीय बबिन गुरूङको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

    बुधबार राति १:२५ बजेतिर गोंगबुको मिरमिरे दोहोरीभित्र दुई पक्षबीच झडप भएको थियो। त्यसबेला बबिन भने त्यही बाटो हिँड्दै गरेका थिए।

    दोहोरी साँझभित्र धादिङका हरिशरण पन्त, श्रीकृष्ण पन्त र अर्को पक्षका डडेल्धुराका वीरेन्द्र साउद, दार्चुलाका जनक सिंह नगारी, काठमाडौंका प्रज्वल भुजेल र लमजुङका मनोज सुनारबीच झडप भएको थियो। झडप भएपछि सञ्चालक गोरखाकै ३६ वर्षीय शिव सौगात सुवेदीले दुवै पक्षलाई बाहिर निकालेका थिए।

    बाहिर निस्केपछि भने हरिशरण पन्तले हतियार निकालेर पैदल हिँडिरहेका बबिन गुरूङमाथि प्रहार गरेको पाइएको एसपी भट्टराईले बताए। 

    घाइते भएका गुरूङलाई त्रिवि शिक्षण अस्पताल महाराजगंजमा लगिएको थियो। थप उपचारको लागि बिहान ५ बजेतिर केएमसी अस्पतालमा लगिएको थियो।

    उपचारको क्रममा चिकित्सकले बबिनलाई मृत घोषणा गरेका थिए। प्रहरीले यस घटनामा संलग्न ६ जना र सञ्चालक शिव सौगातलाई पक्राउ गरेको छ। घटनाको प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

    प्रकाशित मिति :पौष ३ २०८२ बिहिवार - १७:३२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij