२०८२ पौष ३ गते बिहिवार
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले जेन–जी आन्दोलनबाट घाइते, सहिद परिवारका १ हजारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने तयारी भएको बताएका छन्।
गोरखापत्रसंस्थानले गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि वैदेशिक रोजगार व्यवसायीहरूसँग समझदारी गर्न लागिएको बताए।
श्रममन्त्री भण्डारीले भने, ‘ जेन–जी आन्दोलनबाट घाइते, सहिद परिवारका १ हजारलाई निशुल्कमा वैदेशिक रोजगारीमा पठाउन खोज्दैछौं। उनीहरूले सिकेको सिप र दक्षतालाई स्वदेशमै परिचालन गरिनेछ।’
भण्डारीले केही गर्न खोज्नेलाई मुलुकमा प्रताडित गराउन खोजिएको बताउँदै त्यस्तो गतिविधिहरू रोकिनुपर्ने समेत बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij