Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

खानामा कपाल भेटिए के गर्ने ?

खानामा कपाल भेटिए के गर्ने ?


  • 477
    Shares

    खानामा कपाल भेटिए के गर्ने ?
    images

    काठमाडौं । खानामा कपाल पर्नु, झर्नु वा भेट्टिनु साधारण कुरा हो । शरीरकै अंग भएकाले खानामा कपाल पर्नु कुनै नौलो कुरा होइन । खाना तयार पार्दा, पकाउँदा, पस्किदा वा खाना लाग्दा कहिँकतैबाट पनि खानामा कपाल पर्न सक्छ । तर खानामा कपाल पर्दा वा भेटिदाँ धेरैलाई घिन लाग्छ ।

    यसरी खानामा कपाल पर्दा कसैले यसलाई झिकेर फ्याँक्छन् र खाना खान्छन् भने कतिले घिनका कारण खाना नै फ्याँकिदिन्छन् । तर खानामा कपाल परेकै कारण खाना फ्याक्नु वा कपाल फ्यालेर खाना खानु कुन उचित होला 

    कपाललाई खानु राम्रो हुदैन । तर कहिलेकाहीँ भुलवश खानासँगै कपाल निलिन्छ । यसरी निलिएको कपाल घाँटीमा नै अड्किएमा यसले समस्या पार्न सक्छ । यस्तोमा चिकित्सकको परामर्श लिनु पर्दछ ।

    कुनै खतरनाक रोगका संक्रमित वा गम्भिर रोगको जोखिम भएका मानिसको कपाल परेको खण्डमा बाहेक र आफूलाई संक्रमणको खतरा छैन भने खानामा परेको कपाल फ्याकेर खाना खादाँ हुन्छ । खानामा कपाल झरेकै कारण सबै खाना फ्याक्नु उचित हुदैँन ।

    केही सामाजिक मान्यता अनुसार कपाल निलिएमा आन्द्रामा बेरिने, खाना बनाउँदा कपाल परेमा परिवारका सदस्य रोगी हुने गर्दछन् । तर यो प्रमाणित भएको विषय भने होइन । यस्तै केही धार्मीक विश्वास अनुसार खानामा कपाल भेटिनु अशुभको संकेत मानिन्छ ।

    प्रकाशित मिति :पौष ३ २०८२ बिहिवार - १४:३५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij