Logo

२०८२ पौष २ गते बुधवार

२०८२ पौष २ गते बुधवार

जेनजी आन्दोलनका घाइते र मृतकका परिवारलाई सरकारले निःशुल्क वैदेशिक रोजगारीमा पठाउने

जेनजी आन्दोलनका घाइते र मृतकका परिवारलाई सरकारले निःशुल्क वैदेशिक रोजगारीमा पठाउने


  • 337
    Shares

    जेनजी आन्दोलनका घाइते र मृतकका परिवारलाई सरकारले निःशुल्क वैदेशिक रोजगारीमा पठाउने
    images

    काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जान चाहने जेनजी आन्दोलनका घाइते तथा मृतकका परिवारलाई निःशुल्क पठाउने भएको छ ।

    २३ र २४ भदौमा भएको जेनजी आन्दोलन क्रममा घाइते भएका र मृतकका परिवारलाई वैदेशिक रोजगारीमा जान राज्यले सहजीकरण गर्ने भएको हो ।

    त्यस्तै स्वदेशमा काम गर्न चाहनेका हकमा सिपमूलक तालिम प्रदान गरिने छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले घाइते तथा मृतकका परिवारलाई आन्तरिक रोजगारीमा जोड्न आवश्यक पर्ने सिपमूलक तालिम प्रदान गर्न लागेको हो ।

    मन्त्रालयले व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान मार्फत उनीहरूलाई सिपमूलक तालिम प्रदान गर्न लागेको हो । कोही वैदेशिक रोजगारीमा जान चाहनेको हकमा म्यानपावर व्यवसायीसँगको समन्वयमा निःशुल्क पठाउने व्यवस्था मिलाउन लागिएको मन्त्रालयले जनाएको छ ।

    श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जेनजी आन्दोलनका घाइते र मृतकका परिवारलाई आन्तरिक रोजगारीका लागि आवश्यक पर्ने सिपमूलक तालिम दिइने बताए । त्यसका लागि मन्त्रालयले आन्तरिक गृहकार्य अघि बढाएको उनको भनाइ छ ।

    नवनियुक्त श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले उनीहरूलाई आन्तरिक रोजगारीमा जोड्न आवश्यक पर्ने सिपमूलक तालिम दिने गरी काम अघि बढाउन निर्देशन दिएका दिए ।

    त्यस्तै वैदेशिक रोजगारीमा जान चाहनेलाई निःशुल्क जाने व्यवस्था मिलाउन समेत निर्देशन दिएका थिए । मन्त्रीको निर्देशन अनुसार मन्त्रालयले आवश्यक गृहकार्य अघि बढाएको हो ।

    प्रकाशित मिति :पौष २ २०८२ बुधवार - १९:१९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij