Logo

२०८२ पौष २ गते बुधवार

२०८२ पौष २ गते बुधवार

खगेन्द्र र रुद्रकली लिन भैरहवा आइपुग्यो जहाज

खगेन्द्र र रुद्रकली लिन भैरहवा आइपुग्यो जहाज


  • 694
    Shares

    खगेन्द्र र रुद्रकली लिन भैरहवा आइपुग्यो जहाज
    images

    काठमाडौं । नेपाल सरकारले उपहारस्वरुप प्रदान गरेको दुई वटा हात्ती लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

    कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाज खगेन्द्रप्रसाद र रुद्रकली लिन भैरहवा आइपुगेको हो । खगेन्द्रप्रसाद र रुद्रकलीलाई मंगलबार नै चितवनबाट भैरहवा पुर्‍याइएको छ ।

    यसअघि आज बिहान भैरहवामा अवतरण गर्न नसकेपछि जहाज भारतको कोलकाता डाइभर्ट भएको थियो । अहिले कोलकाताबाट जहाज भैरहवा आएको हो । जहाज भैरहवाबाट उडान भरेको ४ घण्टामा कतार पुग्नेछ ।

     

     

    प्रकाशित मिति :पौष २ २०८२ बुधवार - १६:३६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij