Logo

२०८२ पौष २ गते बुधवार

२०८२ पौष २ गते बुधवार

जाँचबुझ आयोगको म्याद थपिँदै, अर्को साता ओली र लेखकको बयान लिइने तयारी

जाँचबुझ आयोगको म्याद थपिँदै, अर्को साता ओली र लेखकको बयान लिइने तयारी


  • 911
    Shares

    जाँचबुझ आयोगको म्याद थपिँदै, अर्को साता ओली र लेखकको बयान लिइने तयारी
    images

    काठमाडौं । गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ । बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्दै आयोगका पदाधिकारीहरूले जाँचबुझ आयोगको म्याद थप गर्न आग्रह गरेका हुन् । 

    पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित जाँचबुझ आयोगको म्याद सकिन लाग्दा बयान लिने क्रम नै जारी रहेको भन्दै म्याद थप गर्न आग्रह गरिएको हो । 

    जाँचबुझ आयोगका अध्यक्ष कार्कीले आयोगलाई काम गर्न केहि समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको जानकारी दिएका छन् ।

    जवाफमा प्रधानमन्त्री कार्कीले समय थप गर्ने जानकारी गराएको उनले बताएका छन् । त्यस्तै कार्कीले अर्को साता केपी शर्मा ओली र रमेश लेखक लगायत राजनीतिक दलका नेताहरूलाई बयानमा बोलाउने तयारी भएको उल्लेख गरेका छन् ।

    असोज ५ गते तीन महिनाको म्यादसहित गठन भएको आयोगले असोज ९ गतेदेखि कार्यप्रारम्भ गरेको थियो । 

     

    प्रकाशित मिति :पौष २ २०८२ बुधवार - १६:००:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij