Logo

२०८२ पौष २ गते बुधवार

२०८२ पौष २ गते बुधवार

जापानिज ‘इन्सेफ्लाइटिस’ बाट ५ महिनामा ६ जनाको मृत्यु

जापानिज ‘इन्सेफ्लाइटिस’ बाट ५ महिनामा ६ जनाको मृत्यु


  • 617
    Shares

    जापानिज ‘इन्सेफ्लाइटिस’ बाट ५ महिनामा ६ जनाको मृत्यु
    images

    काठमाडौं । चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये ६ जनाको मृत्यु छ । गत साउनयता अस्पताल आएका १७ जना सङ्क्रमितमध्ये ६ जनाको मृत्यु भएको हो ।

    जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक जना कालिका नगरपालिकाका रहेका छन् । उनीहरुमध्ये एक जना ८९, एक जना ८१, दुई जना ७०, एक जना ४२, एक जना ३९ वर्षका रहेका छन् ।

    सङ्क्रमितमध्ये १० जना महिला हुन भने सात जना पुरुष रहेका छन् । उनीहरुमध्ये तीन जना १५ वर्षमुनिका, पाँच जना १५ देखि ६० वर्षभित्रका र ९ जना ६० वर्षमाथिका रहेका छन् । सङ्क्रमितमध्ये १५ जनाले खोप नलगाएको र दुई जनाले खोप लगाए– नलगाएको बारे स्पष्ट नरहेको उनले जानकारी दिए । सङ्क्रमितमध्ये सात जना भरतपुर महानगरपालिकाभित्रका रहेका छन् ।

    यस्तै खैरहनी नगरपालिकाका चार जना, माडी नगरपालिकाका एक जना, रत्ननगर नगरपालिकाका एक जना, राप्ती नगरपालिकाका दुई जना, कालिका नगरपालिकाका दुई जना रहेका छन् ।

    यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो । यो लामखुट्टे घर बाहिर बस्न रुचाउने, घर बाहिरनै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्दछ ।

    यो लामखुट्टेले सङ्क्रमित सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपन्छीलाई टोक्यो भने सर्दछ । धानखेतीमा समेत यस लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने गर्दछ ।

     

     

    प्रकाशित मिति :पौष २ २०८२ बुधवार - १४:४१:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij