Logo

२०८२ पौष २ गते बुधवार

२०८२ पौष २ गते बुधवार

रविविरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

रविविरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित


  • 645
    Shares

    रविविरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतले पेसी तोके पनि सुनुवाइ स्थगित भएको छ । 

    युवराज पौडेलले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि दायर भएको रिटको आज सुनुवाइको लागि पेसी तोकिएको थियो । लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको भन्दै उनले रिट दायर गरेका थिए ।

    २०७९ चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो । 

    प्रकाशित मिति :पौष २ २०८२ बुधवार - १२:००:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij