Logo

२०८२ पौष २ गते बुधवार

२०८२ पौष २ गते बुधवार

ओलीले ७७ र ईश्वरले ७६ नम्बरको विद्युतीय मतपेटिकामा खसाले मत, लगाए ४० मिनेट

ओलीले ७७ र ईश्वरले ७६ नम्बरको विद्युतीय मतपेटिकामा खसाले मत, लगाए ४० मिनेट


  • 806
    Shares

    ओलीले ७७ र ईश्वरले ७६ नम्बरको विद्युतीय मतपेटिकामा खसाले मत, लगाए ४० मिनेट
    images

    काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा अध्यक्षका उम्मेदवारहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले पहिलो मत खसालेका छन् । नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान गर्न ४० मिनेट लागेको छ । 

    राजधानीको भृकुटीमण्डपमा बुधबार बिहान ओली र पोखरेलले छुट्टाछुट्टै विद्युतीय मतपेटिका प्रयोग गरेर आफ्नो मत खसालेका हुन् । ओलीले ७७ नम्बर र पोखरेलले ७६ नम्बरको मतपेटिकामा तोकिएको क्लस्टरअनुसार मत खसाले । 

    एमालेको नयाँ नेतृत्व चयनका लागि आज दिनभर मतदान हुने बताइएको छ । निर्वाचनमा ओली र पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएका छन् । निर्वाचनमा २ हजार २६३ मतदाता रहेका छन् । 

     

    प्रकाशित मिति :पौष २ २०८२ बुधवार - १०:३३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij