Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

२०८३ को पञ्चाङ्ग पात्रो केतकी ग्रहगणितको आधारमा प्रकाशन हुने

२०८३ को पञ्चाङ्ग पात्रो केतकी ग्रहगणितको आधारमा प्रकाशन हुने


  • 1.4K
    Shares

    २०८३ को पञ्चाङ्ग पात्रो केतकी ग्रहगणितको आधारमा प्रकाशन हुने

    काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन गर्ने गरी पञ्चाङ्गकारसमेतको संयुक्त बैठक बसी निर्णय गरेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको बैठकले यस्तो निर्णय गरेको हो।

    विविध कारणबाट पञ्चाङ्ग रूजु र छलफल गर्न ढिलाइ भइसकेको र केतकीग्रहगणितबाट पञ्चाङ्ग खण्ड तयार गर्न केही समय लाग्ने एवं थप छलफल गर्नुपर्ने देखिएकाले पञ्चाङ्ग प्रकाशन गर्न ढिलाइ भइसकेको हुँदा सेवाग्राहीलाई समस्या पर्ने देखिएकाले २०८२ साल अनुरुप नै गर्न लागिएको समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले जानकारी दिए।

    २०८३ सालको पञ्चाङ्ग केतकी ग्रहगणितको आधारमा गणना गरी समितिमा पेश गर्नु भनी सूचना जारी गरिएको थियो। समितिको निर्णय मुताविक नेपाल राष्ट्रका लागि प्रकाशित हुने पञ्चाङ्गका सन्दर्भमा गत वर्ष नै पञ्चाङ्ग खण्ड परम्परागत सौरोक्त पद्धतिमा आधारित रही गर्ने निर्णय भएको थियो। अन्य ग्रहहरू ज्योतिर्गणितम् तथा केतकी ग्रहगणितको आधारमा गणना गरी पञ्चाङ्ग प्रकाशित भएको थियो।

    साथै सौरोक्त पद्धतिबाटै समय सापेक्ष आकाशको ग्रहस्थितिसँगै मिल्ने गणना सुधार गर्न सिद्धान्त ज्योतिषका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ज्योतिषी विद्वान आमन्त्रण गरी छलफल कार्य तत्काल अघि बढाउने निर्णय समेत गरिएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताए।

    प्रकाशित मिति :पौष २ २०८२ बुधवार - ०६:५२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij