२०८२ पौष १ गते मंगलवार
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन् ।
कुमार, विश्वक्रान्ति र देवराज लामा भनेर समेत चिनिने उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार कपनबाट पक्राउ गरेको हो । सीआईबीका डीएसपी धर्म भण्डारीको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको सीआईबीका एक अधिकृतले बताए ।
उनी १५ फागुन २०६८ मा बबरमहलस्थित नेपाल आयल निगमको गेटमा बम विस्फोट गराएको मुद्दामा पहिले पक्राउ परेका थिए । केन्द्रीय कारागारमा रहेका बेला २०७६ सालमा प्रजातन्त्र दिवसको अवसरमा उनी छुटेका थिए ।
जिल्ला प्रहरी कार्यालय, पाँचथरमा विस्फोटक पदार्थसम्बन्धी अर्को मुद्दामा फरार रहेको पाइएपछि पक्राउ गरिएको सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij