Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

लगातार बढ्याे नेप्से, काराेबारमा भने आएन सुधार

लगातार बढ्याे नेप्से, काराेबारमा भने आएन सुधार


  • 2.0K
    Shares

    लगातार बढ्याे नेप्से, काराेबारमा भने आएन सुधार
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १८.३७ अंकले बढेर २,६१९ को विन्दुमा कायम भएको छ । 

    आज १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२५ कम्पनीको ७८ लाख ४ हजार ४५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोडको शेयर कारोबार भएको छ । 

    व्यापारबाहेक सबै समूहका सूचक बढेको छ । व्यापार ०.०१ प्रतिशत घटेको छ । बैंकिङ ०.३५, विकास बैंक १.५६, फाइनान्स ०.४१, होटल तथा पर्यटन १.४९, जलविद्युत् ०.७७, लगानी ०.६८, जीव बीमा ०.६९, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०. ८६, निर्जीवन बीमा ०.८९ तथा अन्य समूह १.१५ प्रतिशत बढेको छ ।

    ३ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त, एसवाई प्यानल र नारायणी डेभलपमेन्ट बैंक रहेको छ । 

    आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।  हिमालयन रिइन्स्योरेन्सको ९ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    1.JPG

    प्रकाशित मिति :पौष १ २०८२ मंगलवार - १५:३५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij