२०८२ पौष १ गते मंगलवार
काठमाडौं । नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि मतदान सुरु हुने भएको छ । महाधिवेशन बन्दसत्र हल भृकुटीमण्डपमा विद्युतीय मेशिनबाट हुने मतदानका लागि आवश्यक तयारी पूरा भएको छ ।
दिउँसो १ बजेदेखि नै मतदान सुरु हुने भनिएपनि प्राविधिक कुराहरू मिलाउनुपर्ने भएकाले निर्धारित कार्यतालिका सरेको रामलक्ष्मण भोटिङ मेशिनका प्राविधिक नवराज पाण्डेले जानकारी दिए ।
पार्टीको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरबाट दुई हजार २६३ जना प्रतिनिधि सहभागी भएका छन् । चुनावी प्रतिस्पर्धामा अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।
प्राविधिक पाण्डेका अनुसार मतदानस्थलमा ८० वटा भोटिङ मेशिन राखिएको छ । करिब ४० मिनेटमा ८० जनाले एक पटकमा मतदान गर्न सक्ने भएकाले कम्तीमा १८ घण्टा समय लाग्ने उनको भनाइ छ ।
आज रातभरीमा मतदान सकिने र भोलि दिउँसोसम्म अन्तिम परिणाम सार्जजनिक हुने पाण्डेले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij