Logo

२०८२ पौष १ गते मंगलवार

२०८२ पौष १ गते मंगलवार

सभापति देउवा भेट्न पुगे शेखर कोइराला, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न ध्यानाकर्षण

सभापति देउवा भेट्न पुगे शेखर कोइराला, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न ध्यानाकर्षण


  • 687
    Shares

    सभापति देउवा भेट्न पुगे शेखर कोइराला, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न ध्यानाकर्षण
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

    क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रमसंख्या उल्लेख नभएको फारम जिल्ला-जिल्ला पठाएको घट्ना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत विषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई लिएर सभापति देउवा भेट्न पुगेका हुन् ।

    भेटमा कोइरालाले क्रियाशील सदस्य वितरण समितिले नम्बर विनाका फारम जिल्ला-जिल्ला पठाएको र यसले पार्टीभित्र देशैभिर जटिल समस्या उत्पन्न सिर्जना गरेको देउवा सामु बताए ।

    कोइरालाले विना नम्बरका ती फारम तत्काल फिर्ता गरी नयाँ फारम पठाउँन निर्देशन दिन देउवालाई आग्रह गरे । कोइरालाले ती विना नम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया सुरु हुनै नसक्ने तर्क राखे ।

    अनुशासन कारबाहीका सम्बन्धमा देउवाको ध्यानाकर्षण गराउँदै कोइरालाले सबैको कारबाही फुकुवा गरी पार्टी महाधिवेशन र आम निर्वाचनमा खटिन निर्देशन दिनुपर्ने धारणा राखे ।

    २०७९ सालको निर्वाचनमा गठबन्धन गर्ने विषयमा भएका कुरालाई लिएर अहिले कारबाही गर्न नहुने कोइरालाको भनाइ थियो ।

    प्रकाशित मिति :पौष १ २०८२ मंगलवार - १३:३३:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij