Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

भन्सार विभागले मङ्सिरमा मात्रै ४० अर्ब १९ करोड राजश्व उठायो

भन्सार विभागले मङ्सिरमा मात्रै ४० अर्ब १९ करोड राजश्व उठायो


  • 1.2K
    Shares

    भन्सार विभागले मङ्सिरमा मात्रै ४० अर्ब १९ करोड राजश्व उठायो

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को मङ्सिर महिनामा भन्सार विभागले मात्रै ४० अर्ब १९ करोड राजश्व ९२ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।  

    अर्थमन्त्रालयले सार्वजनिक गरेको पछिल्लो पाँच महिनाको राजश्व सङ्कलनको तथ्याङ्क अनुसार भन्सार विभागले उक्त राजश्व सङ्कलन गरेको हो । 

    चालु आर्थिक वर्षको साउन देखि मङ्सिर पाँच महिनामा भने भन्सार विभागतर्फ १ खर्ब ९४ अर्ब ५५ करोड रुपैयाँ सङ्कलन गरेको छ ।

    चालु आर्थिक वर्षको वार्षिक लक्ष्यको तुलनामा भन्सार विभागले ३३.०७ प्रतिशत राजश्व सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने ९.७० प्रतिशतले वृद्धि भएको छ ।

    भन्सार विभागले गत आर्थिक वर्षको मङ्सिर महिनामा मात्रै ३६ अर्ब ६८ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । यसरी हेर्दा भन्सार विभागले चालु आर्थिक वर्षमा ९.७० प्रतिशतले राजश्व सङ्कलनमा वृद्धि गरेको देखिन्छ । 

     

     

    images
    प्रकाशित मिति :पौष १ २०८२ मंगलवार - १२:४४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij