Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?


  • 1.0K
    Shares

    रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?

    काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ बाँडफाँड भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको हो।

    कम्पनीले गत मंसिर २२ गते प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा ३५ हजार १०२ जनाले १९ लाख ४४ हजार ३३० कित्ता शेयरका लागि आवेदन दिएका थिए। 

    मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आइपीओ बाँडफाँड गरिएको छ। जस अनुसार २ हजार ३११ जना आवेदकले ५० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

    बाँडफाँड गर्दा शेष रहेको ४६ कित्ता शेयर सोही लगानीकर्ताहरुमा थप एक कित्ताका दरले बाँडफाँड गरिएको छ। यस अनुसार २ हजार ३११ जनामध्ये ४६ जनाले ५१ कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

     

     

    images
    प्रकाशित मिति :पौष १ २०८२ मंगलवार - ११:४३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij