Logo

२०८२ मंसिर २९ गते सोमवार

२०८२ मंसिर २९ गते सोमवार

रास्वपाद्वारा समानुपातिक उम्मेदवार छनोटको समयतालिका सार्वजनिक

रास्वपाद्वारा समानुपातिक उम्मेदवार छनोटको समयतालिका सार्वजनिक


  • 1.0K
    Shares

    रास्वपाद्वारा समानुपातिक उम्मेदवार छनोटको समयतालिका सार्वजनिक
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार छनोट प्रक्रियाको विस्तृत समयतालिका सार्वजनिक गरेको छ। पार्टीले आन्तरिक लोकतन्त्रको अभ्यास स्वरूप उम्मेदवार छनोटका लागि पुस ३ गतेदेखि १४ गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको हो।

    सार्वजनिक गरिएको तालिका अनुसार प्रक्रियाको सुरुवात पुस ३ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशनबाट हुनेछ। पुस ४ गतेसम्म उम्मेदवार उपर दाबी विरोध गर्ने समय तोकिएको छ। पुस ५ गते उम्मेदवारहरूसँग छलफल गरिने र त्यसलगत्तै अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिनेछ।

    रास्वपाले उम्मेदवार छनोटमा वैज्ञानिक विधि अपनाउन पुस ६ देखि ११ गतेसम्म ‘लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटी’ को मापन गर्ने भएको छ। 

    क्षमता परीक्षण पश्चात पुस १२ र १३ गते प्रारम्भिक निर्वाचन हुनेछ। मतदान कार्यक्रम दुवै दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने तालिकामा उल्लेख छ।

    597350150_858120756627251_2723065949076541125_n_zigeO7I6De.jpg

     

    प्रकाशित मिति :मंसिर २९ २०८२ सोमवार - १७:१७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij