Logo

२०८२ मंसिर २९ गते सोमवार

२०८२ मंसिर २९ गते सोमवार

रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई

रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई


  • 890
    Shares

    रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई
    images

    काठमाडौं । नेपाल सरकारले कतारलाई उपहार दिन लागेका दुई वटा हात्तीको सौराहाबाट विदाई गरिएको छ । चितवनस्थित सौराहामा सोमवार एक कार्यक्रमको आयोजना गरी रूद्रकली र खगेन्द्रप्रसाद नाम गरेका दुई हात्तीलाई विदाई गरिएको हो ।

    हात्तिहरुलाई वैदिक विधिअनुसार पूजा गरेर फूल माला लगाई फलफूल खान दिएर बिदाई गरिएको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा। गणेश पन्त लगायतले हात्तिलाई माला लगाईदिए। 

    २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरेको थियो । सोहीअनुसार हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा हुर्किएर तालिम पाएका सात वर्षकी रूद्रकली र ६ वर्षको खगेन्द्रप्रसादलाई उपहार स्वरुप कतार पठाउन लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा। पन्तले जानकारी दिए।

    उनले विदाई गरिएका हात्तिहरुलाई भैरहवा विमानस्थलबाट पुस २ गते पशु सेवा प्राविधिक र दुई जना माउतेहरुसहित चाटर्ड विमानमार्फत कतार पठाईने बताए। उनले औपचारिक रुपमा भने भैरहवा विमानस्थलबाट नै कतार सरकारलाई हस्तान्तरण गर्न तयारी रहेको जानकारी दिए। 

     

    प्रकाशित मिति :मंसिर २९ २०८२ सोमवार - १७:०३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij