Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

कांग्रेस उपाध्यायको निधनमा भोलि पार्टीका सबै कार्यालय बन्द गर्ने, तीन दिनसम्म आधा झण्डा झुकाउने

कांग्रेस उपाध्यायको निधनमा भोलि पार्टीका सबै कार्यालय बन्द गर्ने, तीन दिनसम्म आधा झण्डा झुकाउने


  • 1.3K
    Shares

    कांग्रेस उपाध्यायको निधनमा भोलि पार्टीका सबै कार्यालय बन्द गर्ने, तीन दिनसम्म आधा झण्डा  झुकाउने

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य आमोदप्रसाद उपाध्यायको निधनमा भोलि पुस १ गते पार्टीका केन्द्रदेखि वडा कार्यालय बन्द गर्ने भएको छ ।

    केन्द्रीय कार्यसमितिको सोमबार बिहान बसेको आकस्मिक बैठकले सो निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।

    बैठकले मङ्सिर २९, पुस १ र २ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको उनको भनाई छ । उपाध्यायको स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औँ दिनमा उपाध्यायको गृह जिल्ला मोरङमा शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ । आजको बैठक उपसभापति धनराज गुरुङको सभापतित्वमा बसेको थियो ।

    कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं नेता आमोदप्रसाद उपाध्यायको काठमाडौंको ह्याम्स अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा मङ्सिर २७ गते शनिबार साँझ ९१ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनप्रति कार्यसमिति बैठकले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । उनको आत्माको चिर शान्तिको कामना साथ दुःखको यस घडीमा शोक सन्तप्त परिवारजन र आफन्तजनप्रति समवेदना पनि बैठकले प्रकट गरेको छ ।

    २०४८ मा राष्ट्रियसभा सदस्यमा मनोनीत भएका उपाध्याय २०५६ मङ्सिर २३ गते सम्पन्न भएको उपनिर्वाचनमा मोरङ निर्वाचन १ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए । २०५६ मा शिक्षा तथा खेलकुद मन्त्री बनेका थिए भने २०६२र०६३ को ऐतिहासिक जनआन्दोलन पश्चात् पुनर्स्थापित व्यवस्थापिका संसद्को सदस्य थिए । 

    २०६४ को संविधान सभा सदस्य निर्वाचनमा मोरङ निर्वाचन १ बाट निर्वाचित स्वर्गीय उपाध्याय २०६९ मा पार्टीको केन्द्रीय अनुशासन समितिको संयोजक भएर पनि काम गरेका थिए । 

    images
    प्रकाशित मिति :मंसिर २९ २०८२ सोमवार - १२:२६:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij