Logo

२०८२ पौष ३ गते बिहिवार

२०८२ पौष ३ गते बिहिवार

बालेनकाे र्‍याप रहेकाे गीत ‘आम नेपाली बुबा’ सार्वजनिक

बालेनकाे र्‍याप रहेकाे गीत ‘आम नेपाली बुबा’ सार्वजनिक


  • 288
    Shares

    बालेनकाे र्‍याप रहेकाे गीत ‘आम नेपाली बुबा’ सार्वजनिक
    images

    काठमाडौं । चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत आम नेपाली बुबा सार्वजनिक गरिएको छ ।

    आइतबार राति काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा बालेनको र्‍याप र लय छ भने गणेश उप्रेती,कमलमणी नेपाल लगायतको अभिनय छ ।

    गीतमा दीक्षा उप्रेतीको स्वर छ ।  विशेष पाण्डेको मिक्सिङ रहेको गीतलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन् । यो समाचार तयार पार्दासम्म १२ हजार भन्दा बढीले गीत हेरेका छन् । 

    कलाकार अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित चलचित्र ‘झरीपछिको इन्द्रेणी’आगामी पुस ४ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको छ । चलचित्र नागराज इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो ।

    प्रकाशित मिति :मंसिर २९ २०८२ सोमवार - १०:५७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij