Logo

२०८२ मंसिर २९ गते सोमवार

२०८२ मंसिर २९ गते सोमवार

एमाले महाधिवेशन : उम्मेदवारी फाराम वितरण धमाधम

एमाले महाधिवेशन : उम्मेदवारी फाराम वितरण धमाधम


  • 722
    Shares

    एमाले महाधिवेशन : उम्मेदवारी फाराम वितरण धमाधम
    images

    काठमाडौं । नेकपा एमालेको महाधिवेशनको नयाँ नेतृत्व चयनको प्रक्रियाअन्तर्गत उम्मेदवारी फाराम वितरण सुरू भएको छ । 

    एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धाको तयारी गरेका छन् ।

    आकांक्षीहरू धेरै हुँदा छापेर लगेका फाराम स्टक सकिएपछि अहिले लाइन लम्बिएको छ । ३०१ सदस्यीय केन्द्रीय कमिटी गठनका लागि एमालेका २२६३ जना प्रतिनिधि भृकुटीमण्डपमा भेला भएका छन् ।

    निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार आजै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरी भोलि मतदान गर्ने गरी काम समय निर्धारण गरिएको छ । बिहान १२ बजेसम्म उम्मेदवारी फारम वितरणको समय निर्धारण गरिएको छ ।

    दिउँसो २स्३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ । उम्मेदवारविरुद्ध उजुरी दिने साढे २ देखि आधा घण्टालाई राखिएको छ । अन्तिम नामावली प्रकाशन साँझ ६ बजे गरिने कार्यतालिका छ ।

    प्रकाशित मिति :मंसिर २९ २०८२ सोमवार - १०:४०:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij