Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

श्रीमतीको हत्या गरी बेपत्ता भएको भन्दै प्रहरीमा दिए जाहेरी, १९ दिनपछि भेटियो शव

श्रीमतीको हत्या गरी बेपत्ता भएको भन्दै प्रहरीमा दिए जाहेरी, १९ दिनपछि भेटियो शव


  • 3.3K
    Shares

    श्रीमतीको हत्या गरी बेपत्ता भएको भन्दै प्रहरीमा दिए जाहेरी, १९ दिनपछि भेटियो शव

    काठमाडौं । श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको मादीका प्रेम दोर्ची शेर्पा छन् । शेर्पाले नै आफ्नो श्रीमती बेपत्ता भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

    ९ मंसिरको राति श्रीमती मिना शेर्पा र आफू ओखरबोट बजारबाट फर्कँर्दै गर्दा आफूखुसी बीच बाटोबाट हिँडेर बेपत्ता भएको भन्दै श्रीमान प्रेम दोर्चीले प्रहरीमा जाहेरी दिएका थिए ।

    अनुसन्धानको क्रममा मिनाको हत्या भएको खुलेको छ। मिनाको हत्या गरेर प्रहरीमा जाहेरी दिने उनै श्रीमान प्रेम दोर्चीले गरेको खुलेको प्रहरीले जनाएको छ ।

    घर फर्कने क्रममा विवाद भएपछि कुटपिट गरेर हत्या गरेपछि त्रिपालले बेरेर खाल्डो खनेर गाडेको श्रीमान् प्रेम दोर्चीले स्वीकार गरेको संखुवासभा प्रहरीका सूचना अधिकारी धनबहादुर राजवंशीले बताएका छन् । घटनाको १९ दिनपछि पक्राउ परेका प्रेम दोर्चीविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

    images
    प्रकाशित मिति :मंसिर २८ २०८२ आइतवार - १४:३७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij