Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पुस ७ बाट आइपीओ बिक्री खुला गर्दै रिलायन्स स्पिनिङ मिल्स

पुस ७ बाट आइपीओ बिक्री खुला गर्दै रिलायन्स स्पिनिङ मिल्स


  • 883
    Shares

    • images
    पुस ७ बाट आइपीओ बिक्री खुला गर्दै  रिलायन्स स्पिनिङ मिल्स

    काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आगामि पुस ७ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ। 

    कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपाली आइपीओ जारी गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई साधारण शेयर निष्कासन गर्न लागेको हो। बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

    कम्पनीले ५७ हजार ७९८ कित्ता साधारण शेयर आफ्ना कर्मचारीलाई सुरक्षित गरी बाँकी ९ लाख २४ हजार ७६८ कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुला गर्ने भएकोछ। बुक बिल्डिङ विधिबाट निष्कासन हुन लागेको यो आइपीओमा सर्वसाधारणले प्रतिकित्ता ८२०.८० रुपैयाँ तिर्नुपर्नेछ।

    यो आइपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यो नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सकिनेछ।

    यो आइपीओको निष्कासन बन्द छिटोमा पुस ११ गते र ढिलोमा पुस २१ गते बैंकिङ समयपछि हुने भएकोछ। 

    प्रकाशित मिति :मंसिर २८ २०८२ आइतवार - १३:२४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij