Logo

२०८२ मंसिर २७ गते शनिवार

२०८२ मंसिर २७ गते शनिवार

कप्तान रोहित पौडेल बने सर्वाधिक रन बनाउने नेपाली ब्याटर

कप्तान रोहित पौडेल बने सर्वाधिक रन बनाउने नेपाली ब्याटर


  • 2.5K
    Shares

    कप्तान रोहित पौडेल बने सर्वाधिक रन बनाउने नेपाली ब्याटर
    images

    काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल सर्वाधिक रन बनाउने नेपाली ब्याटर बनेका छन्। 

    सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल०को फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्सविरुद्ध तीन बलमा दुई चौका प्रहार गर्दै उनले सर्वाधिक रन बनाउने ब्याटर बनेका हुन्। उनको यसअघि दुई सय ६० रन थियो। 

    दोस्रो नम्बरमा रहेका विनोद भण्डारीको एक सय ६४ रन छ। फाइनल खेलमा विनोद शून्यमा आउट भएका थिए। 

    एनपीएलमा सर्वाधिक रन पोखरा एभेन्जर्सका एडम रोसिङटनको नाममा छ। उनले तीन सय २३ रन बनाएका छन्। 

    एनपीएलको पहिलो सिजनमा पनि सर्वाधिक रन बनाउने नेपाली खेलाडी रोहित नै थिए। उनले सात खेलमा दुई सय ७९ रन बनाएका थिए। 

    प्रकाशित मिति :मंसिर २७ २०८२ शनिवार - १७:५६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij