Logo

२०८२ मंसिर २७ गते शनिवार

२०८२ मंसिर २७ गते शनिवार

सर्वपक्षीय सरकार बनाउने केपी शर्मा ओलीको प्रस्तावमा विप्लव सहमत

सर्वपक्षीय सरकार बनाउने केपी शर्मा ओलीको प्रस्तावमा विप्लव सहमत


  • 820
    Shares

    सर्वपक्षीय सरकार बनाउने केपी शर्मा ओलीको प्रस्तावमा विप्लव सहमत
    images

    काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव गरेका छन् ।

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको रोडम्यापसँग मेल खानेगरी उनले पनि निर्वाचनअघि नै सर्वपक्षीय सरकार बन्नुपर्ने जिकिर गरेका हुन् ।

    शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै महासचिव विप्लवले सर्वपक्षीय अन्तरिम सरकार बनाएर मात्रै निर्वाचनमा जान उपयुक्त हुने बताए ।

    ‘यो देशलाई यहाँसम्म ल्याएको राजनीतिक शक्तिहरुले नै हो । योगदान गरेको पनि राजनीतिक शक्तिहरुले नै भएको हुनाले सर्वपक्षीय सरकार, अन्तरिम सरकार बनाएर सहज ढंगले संविधानलाई पुनर्लेखन गर्नुपर्‍यो भने पनि गरेर नेपालका सबै श्रमिक, जाति, वर्ग, क्षेत्र, उत्पीडनमा परेका सबै नयाँ पुस्ता, युवा जेनजी देश, विदेशमा रहेका नेपाली नागरिकहरुको चाहनालाई सम्बोधन गरेरमात्रै चुनावतिर जान आवश्यक छ,’ उनले भने ।

    वर्तमान सरकार अँध्यारो कुनाबाट बनेको अवैध भन्दै राजनीतिक दलहरुले नै सरकारको नेतृत्व गरेर मात्रै निर्वाचन गराउन सकिने तर्क समेत गरे ।

    ‘आज देशमा अनौठो प्रकारले सरकार बनेको छ । न यो आन्दोलनको मर्मअनुसार छ । न संवैधानिक प्रक्रिया अनुसारको छ । अध्यारो कुनाबाट खडा गरिएको यो अवैध सरकारलाई हाम्रो समर्थन छैन र हुन सक्दैन । त्यसैले हामीले के भनेका छौ भने–देशलाई एउटा निकास चाहिएको छ । त्यो निकासको निम्ति राजनीतिक शक्तिहरुले नै नेतृत्व गर्नुपर्दछ,’ उनले भने ।

    प्रकाशित मिति :मंसिर २७ २०८२ शनिवार - १७:४५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij