Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेपाली कम्युनिष्ट पार्टीलाई घुस नखानेहरूको पार्टी बनाउनुपर्छ : नारायणकाजी श्रेष्ठ

नेपाली कम्युनिष्ट पार्टीलाई घुस नखानेहरूको पार्टी बनाउनुपर्छ : नारायणकाजी श्रेष्ठ


  • 862
    Shares

    • images
    नेपाली कम्युनिष्ट पार्टीलाई घुस नखानेहरूको पार्टी बनाउनुपर्छ : नारायणकाजी श्रेष्ठ

    सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले नेकपालाई घुस नखानेहरूको पार्टी बनाउने बताएका छन् ।

    शनिबार वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले नेकपालाई घुस नखानेहरूको पार्टी भनेर चिनाउनुपर्ने भएकाले त्यही अनुसार काम गरिने बताए ।

    ‘भ्रष्टाचार नगर्नेहरूको पार्टी बनाएर सबैलाई एकताबद्ध गराउनुपर्ने छ,’ उनले अगाडि भने,  ‘मजदुर, जनजाति, दलितलाई समेत एकताबद्ध गरेर काम गरिनेछ ।’

    साथै, उनले माओवादी सरकारमा हुँदा सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको तर कांग्रेस र एमालेलाई त्यो नरुचेको बताए । ‘कांग्रेस र एमालेलाई सुशासन रुचेन, जसका कारण नेपालमा जेनजी आन्दोलन सुरु भएको हो,’ उनले भने ।

    प्रकाशित मिति :मंसिर २७ २०८२ शनिवार - १५:२४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij