२०८२ मंसिर २७ गते शनिवार
काठमाडौं । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमारसिंह इङ्नामले कार्यभार सम्हालेका छन् ।
शुक्रबार मन्त्री पदको शपथपछि कार्यभार सम्हाल्दै उनले भूमिसम्बन्धी समस्यालाई दीर्घकालीन रूपमा समाधानको प्रयास गर्ने बताएका छन् ।
मन्त्री इङ्नामले भूमिसम्बन्धी समस्या र भू उपयोगका लागि देखिएका समस्यालाई समाधानको प्रयास गर्ने बताएका हुन् । मन्त्री इङ्नामले बाँझो रहेका जमिनलाई उपयोग गर्नुपर्ने नीति ल्याउनुपर्ने धारणा राखेका छन् ।
उनले आफ्नो छोटो कार्यकालमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणसम्बन्धी क्षेत्रलाई सही दिशा दिने प्रयास हुने बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij