Logo

२०८२ माघ १९ गते सोमवार

२०८२ माघ १९ गते सोमवार

शिवम् सिमेन्टको १०औं साधारण सभाबाट साढे १२ प्रतिशत लाभांश प्रस्ताव पारित

शिवम् सिमेन्टको १०औं साधारण सभाबाट साढे १२ प्रतिशत लाभांश प्रस्ताव पारित


  • 897
    Shares

    शिवम् सिमेन्टको १०औं साधारण सभाबाट साढे १२ प्रतिशत लाभांश प्रस्ताव पारित

    काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सम्पन्न सभाले साढे १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताप पारित गरेको छ।

    कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी ५ अर्ब ४५ करोड टड लाख ८० हजार ५०० रुपैयाँको १० प्रतिशत बराबर हुन आउने ५४ करोड ५६ लाख ८० हजार ८५० रुपैयाँ नगद (कर सहित) र २.५० प्रतिशका दरले हुन आउने १३ करोड ६४ लाख २० हजार २१२ रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको थियो ।

    यस्तै साधारण सभाबाट कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८१\८२ को लेखापरिक्षणको प्रतिवेदन एवं आर्थिक वर्ष २०८२\८३ का लागि लेखापरिक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

    वार्षिक साधारण सभाको निर्णय बमोजिम वोनस शेयर वितरण गरे पश्चात कम्पनीको जारी पूँजी र चुक्ता पूँजी वृद्धि भई ५ अर्ब ५९ करोड ३२ लाख २८ हजार ७१२ रुपैयाँ ५० पैसा कायम हुनेछ ।  

     

    प्रकाशित मिति :मंसिर २६ २०८२ शुक्रवार - १०:३४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij