Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो, यसरी दिन सकिन्छ आवेदन

नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो, यसरी दिन सकिन्छ आवेदन


  • 1.5K
    Shares

    नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो, यसरी दिन सकिन्छ आवेदन

    काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ।

    शुक्रबार विज्ञापन प्रकाशन गर्दै नेपाल प्रहरीले इन्स्पेक्टर र असईमा दरखास्त आह्वान गरेको हो। प्रहरीले २१ जना इन्स्पेक्टर र ४३८ जना असईका भर्नाका लागि आवेदन मागेको हो।

    इन्स्पेक्टरका लागि पुस ६ गतेदेखि माघ ५ गतेसम्म दरखास्त दिन सकिनेछ भने असईका लागि पुस ९ गतेदेखि माघ ८ गतेसम्म दरखास्त दिन सकिनेछ। दरखास्त फाराम अनलाइनमार्फत भर्न सकिनेछ।

    दरखास्त दस्तुर इन्स्पेक्टरतर्फ १ हजार २ सय र समावेशीतर्फ पनि आवेदन दिँदा प्रत्येक समूहका लागि थप २४० रूपैयाँ लाग्नेछ।

    असईतर्फको दरखास्त पेस गर्दा ५०० रूपैयाँ र एक भन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहका लागि थप १०० रूपैयाँ शुल्क लाग्नेछ।

    इन्स्पेक्टरका लागि दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म २० वर्ष पूरा भई २५ वर्ष ननाघेको र असईमा १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ।

    इन्स्पेक्टरका लागि न्यूनतम शैक्षिक योग्यता कम्तिमा स्नातक तह वा सो सरह उत्तीर्ण भएको हुनुपर्नेछ। असईका लागि भने प्रमाण पत्र वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

    npc-1765503467.jpg

    images
    प्रकाशित मिति :मंसिर २६ २०८२ शुक्रवार - ०८:१७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij