२०८२ मंसिर २५ गते बिहिवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो।
यसका लागि मंसिर २८ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ। कुल रकममध्ये वाणिज्य बैंकमा ८० करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १५ करोड रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ५ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको छ।
यो लगानी ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij