Logo

२०८२ मंसिर २७ गते शनिवार

२०८२ मंसिर २७ गते शनिवार

रवि र छविको मुद्दा ४ नम्बर इजलासमा

रवि र छविको मुद्दा ४ नम्बर इजलासमा


  • 659
    Shares

    रवि र छविको मुद्दा ४ नम्बर इजलासमा
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र  गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत बुटवलको ४ नम्बर इजलास परेको छ। 

    उनीहरूको मुद्दाको सुनुवाइ न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिएका छन् ।

    बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको पेसी कात्तिक १३ गते पछि निरन्तर सरिरहेको छ । यसअघि दुई पटक रविका कानुनी व्यवसायीले निवेदन दिएर सो मुद्दा सारेका थिए भने गत बिहीबार सार्वजनिक बिदाका कारण रोकिएको थियो ।

     

    प्रकाशित मिति :मंसिर २५ २०८२ बिहिवार - ११:३४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij