२०८२ मंसिर २५ गते बिहिवार
काठमाडौँ । बिरालोमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा एक नेपाली पुरुषलाई मलेसियाको अदालतले मलेसियन रिंगिट ४० हजार (करिब १४ लाख रुपैयाँ) जरिबाना तोकेको छ। साह आलमको सेसन्स अदालतले ३३ वर्षका अर्मान शाहलाई उक्त रकम जरिबाना तोकेको मलेसियाली सञ्चारमाध्यमम मलाया मेलले जनाएको छ।
३३ वर्षका अर्मान शाहले बिरालोमाथि यौन दुर्व्यवहार गरेको आरोप स्वीकार गरेका छ्न्। समाचारअनुसार न्यायाधीश नोर हास्नियाह अब रजाकले उनलाई ४० हजार रिंगिट जरिबाना तोकिएको फैसला सुनाएका छन्।
फैसलाअनुसार जरिबाना तिर्न नसकेमा अर्मान १५ महिना जेल बस्नुपर्नेछ। सुरक्षागार्डका रूपमा कार्यरत अर्मानलाई १५ नोभेम्बरमा कोटा केमुनिङ, सेक्सन ३१ स्थित एक अपार्टमेन्टको चौथो तलामा बिरालोसँग यौन दुर्व्यवहार गरेको आरोपमा मुद्दा दायर गरिएको थियो।
अर्मान असभ्य प्रदर्शन र वैध कागजातबिना देश प्रवेश गरेको आरोपमा चार महिना जेल सजाय भोगिरहेका छन्। जनावर कल्याण ऐन २०१५ को सेक्सन २९(१)(क) मा दोषी ठहरिएमा उनले अधिकतम तीन वर्ष जेल सजाय र एक लाख रिंगिटसम्मको जरिवाना वा दुवै सजाय भोग्न सक्नेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij