Logo

२०८२ मंसिर २४ गते बुधवार

२०८२ मंसिर २४ गते बुधवार

गाडी गुडिरहेको सडकमा विमानको आपतकालीन अवतरण, कार चालक घाइते

गाडी गुडिरहेको सडकमा विमानको आपतकालीन अवतरण, कार चालक घाइते


  • 526
    Shares

    गाडी गुडिरहेको सडकमा विमानको आपतकालीन अवतरण, कार चालक घाइते
    images

    काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यमा व्यस्त सडकमा एउटा विमान आपतकालीन अवतरण गरेको छ । मेरिट आइल्याण्ड नजिकै आई–९५ हाइवेमा स्थानीय समय अनुसार सोमबार साँझ ५ः ४५ बजे एउटा सानो विमानले आपतकालीन अवतरण गरेको हो ।

    गाडी गुडिरहेकै समयमा विमान अवतरण गर्दा एउटा कारसँग ठोक्किएको र कार चालक घाइते भएको जनाइएको छ । बीचक्राफ्ट ५५ मोडलको उक्त विमानमा २७ वर्षीय पाइलट र उनका साथी सवार थिए ।

    विमानको इन्जिनमा समस्या देखिएपछि हाइवेमै आपतकालीन अवतरण गराएको बताइएको छ । उक्त दुर्घटनामा विमान चालक र उनका साथी भने सकुशल छन् । दुर्घटनापछि केही घण्टा उक्त हाइवे बन्द गर्नुपरेको अधिकारीहरूले जनाएका छन् ।

    प्रकाशित मिति :मंसिर २४ २०८२ बुधवार - १७:३१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij