२०८२ मंसिर २४ गते बुधवार
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्याक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको सदस्यता दिन रोक्न नहुने बताएका छन् । काठमाडौंमा बुधवार पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले राज्यको संविधानले नरोक्ने, अन्तर्राष्ट्रिय प्रचलनले पनि नरोक्ने र व्यक्तिको चाहाना भएमा पार्टी सदस्यता रोक्नु गलत भएको उनको भनाई छ । उनले विद्या भण्डारीको पार्टी सदस्यतालाई यत्रो एजेण्डाको रुपमा उठाउन पर्ने विषय नै नरहेको पनि बताएका छन् ।
उनले भने, ‘विद्याजीको सदस्यताको बारेमा हाम्रो बुझाई के हो, मत के हो भने राज्यको संविधानले रोक्दैन भने, पार्टीको विधानले रोक्दैन भने, अन्तराष्ट्रिय प्राक्टिसले रोक्दैन भने, व्यक्तिको चाहना छ भने किन नपाउने रु पाउनुपर्छ । यो चिज हुँदैन भन्ने कुरा गलत हो भन्ने हामीले पार्टीभित्र राख्दै राख्दै आयौँ । अहिले पनि त्यो चीजलाई हामीले आफ्नो अवधारणामा राखेका छौँ । यसको अर्थ भोली के हुन्छ, त म यहाँहरुलाई भन्न चाहन्छु केन्द्रले निर्णय गरेपनि यो एजेण्डा यो हाईटमा उठाउन पर्ने विषय नै थिएन । तर अब यो एजेण्डा आउने दिनको लागि पनि ओपन भयो, ओपन छ, ओपन रहेनछ ।’
उनले पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीका बारेमा आफूले पश्न उठाउँदै आएको पनि बताएका छन् । पार्टीभित्र जबजको बारेमा कुनै मतभिन्नता नरहेको भएपनि कार्यशैलीभित्र भने व्यापक मत भिन्नता रहेको बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij