Logo

२०८२ मंसिर २४ गते बुधवार

२०८२ मंसिर २४ गते बुधवार

प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ

प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ


  • 624
    Shares

    प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ
    images

    काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन् । नवलपरासी पूर्वमा कार्यरत डीएसपी नेपाल बहुविवाहको कसुरमा पक्राउ परेका हुन् । नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो ।

    उनकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताएका छन् ।

    उनले  भने, ‘केस परेपछि उहाँ आफैँ हिजो साँझ आउनुभएको थियो, उहाँलाई पक्राउ गरेर म्याद थप गरिएको छ ।’

    नेपालमाथि ३ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको उनले बताएका छन् । उनले  बहुविवाहबारे थप प्रमाण बुझ्ने काम भइरहेको समेत बताएका छन् । नेपालकी दोस्रो श्रीमतीको खोजी कार्य भइरहेको एसपी क्षेत्रीले जानकारी दिएका छन् । 

     

    प्रकाशित मिति :मंसिर २४ २०८२ बुधवार - १२:५६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij